नेपाली र भारतीय सेनाबीच संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सुरु



844 SHARES

रुपन्देही । नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’ को २०औँ संस्करण सुरु भएको छ ।

रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा आज गतेदेखि सुरु भएको अभ्यासमा दुवै देशका सैनिकहरूको सहभागिता रहेको छ ।

अभ्यासका क्रममा विपद् व्यवस्थापन, जङ्गल युद्धकला तथा मानवीय सहयोगलगायतका विषयमा केन्द्रित रहेर तालिम सञ्चालन गरिनेछ ।

विज्ञापन

यसक्रममा दुवै देशका सैनिकहरूले सैद्धान्तिक तथा व्यावहारिक ज्ञानका साथै आ–आफ्ना अनुभव र सीप आदानप्रदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय