|
851 SHARES |
दमक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशको राजनीतिमा रामकुमार थापाले आफ्नो नेतृत्वलाई फेरि निरन्तरता दिएका छन्।
दमकमा सम्पन्न पार्टीको दोस्रो प्रदेश अधिवेशनबाट थापा पुनः कोशी प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन्।
अध्यक्ष पदका लागि थापासँग दुर्गा बस्नेत र विश्वमोहन चुनावी मैदानमा थिए। प्रतिस्पर्धालाई पछि पार्दै थापाले पुनः नेतृत्वको जिम्मेवारी आफ्नो पक्षमा पारे। यससँगै कोशीमा राप्रपाको संगठनात्मक नेतृत्वमा थापाको पकड थप बलियो बनेको छ।
हाल झापाको दमक नगरपालिकाको मेयर रहेका थापा यसअघि पनि राप्रपा कोशी प्रदेशको अध्यक्ष थिए। प्रदेशको नेतृत्व सम्हालेपछि संगठन विस्तार र पार्टीलाई स्थानीय तहसम्म चलायमान बनाउने कामलाई आफ्नो प्राथमिकतामा राखेको उनको दाबी छ।










