राष्ट्रसंघ महासभामा ट्रम्पको सम्बोधनः इरानलाई ‘सखाप’ पार्ने चेतावनी



1,100 SHARES

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसमक्ष कडा चेतावनी दिएका छन्। न्युयोर्कमा सुरु भएको संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै उनले इरानलाई अमेरिकासँग सम्झौता गरेर देश पुनर्निर्माण गर्न वा इस्लामिक गणतन्त्रको द्रुत गतिमा ‘पूर्ण विनाश’को सामना गर्न तयार रहन चेतावनी दिएका हुन्।

सैनिक कारबाही जारी रहने वा शान्ति सम्झौता गर्ने भन्ने विषयमा आफू ‘ठूलो निर्णय’को संघारमा रहेको उनको भनाइ थियो। ट्रम्पले द्वन्द्व नटुङ्गिएमा इरानलाई पूर्णरूपमा नष्ट गर्नसक्ने बताए।

विज्ञापन

यद्यपि, आफ्नो भाषणको अर्को चरणमा उनले इरानको परमाणु हतियार प्राप्त गर्ने प्रयास भने ‘समाप्त भइसकेको’ दाबीपनि गरे। ट्रम्पको सम्बोधनका बेला इरानी प्रतिनिधिमण्डलका एक सदस्य मात्रै सभाकक्षमा उपस्थित भएर सुनिरहेका थिए।

विज्ञापन

महासभाको साइडलाइनमा कूटनीतिक पहलहरू पनि तीव्र बनेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी अधिकारीहरूले महासभाको अवसरमा इरानी प्रतिनिधिमण्डलसँग तीन घण्टा लामो ‘अत्यन्तै फलदायी’ बैठक गरेको खुलासासमेत गरे।

इरानको राज्य सञ्चालित टिभीले पनि विदेशमन्त्री अब्बास अराघचीले मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफसँग भेटवार्ता गरेको पुष्टि गरेको छ, यद्यपि तेहरानस्थित अधिकारीहरूबाट भने यस विषयमा थप प्रतिक्रिया आएको छैन।

महासभाको साइडलाइनमा खाडी देशका नेताहरूसँगको बैठकका क्रममा राष्ट्रपति ट्रम्पले इरानको संदिग्ध परमाणु स्थल मानिएको ‘पिकएक्स माउन्टेन’माथि फेरि आक्रमण गर्ने चेतावनी दिए। यसवर्ष त्यहाँ निर्माण कार्य भइरहेको रिपोर्ट बाहिरिएको थियो।

महासभामा ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्न आफ्नो कूटनीतिक प्रयासले छिट्टै सफलता पाउने बताए। महासभाको साइडलाइनमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको द्विपक्षीय भेटघाटपछि बोल्दै ट्रम्पले दुवै पक्षसँग कुराकानी भइरहेको र मानिसहरूले सोचेभन्दा छिटो यसको समाधान निस्कने दाबी गरे। यता, राष्ट्रपति जेलेन्स्कीले जाडो शुरू हुनुअघि नै यो युद्ध अन्त्य गर्न अमेरिकाले सहयोग गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय