संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान



808 SHARES

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाह कतारको दोहा हुँदै न्युयोर्क पुग्नुहुनेछ। दोहामा उहाँलाई कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम छ। त्यसपछि सेप्टेम्बर २३ मा दोहाबाट न्युयोर्कतर्फ प्रस्थान गर्ने तालिका छ।

विज्ञापन

न्युयोर्क पुगेपछि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ। त्यसलगत्तै उहाँले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ।

विज्ञापन

प्रधानमन्त्री शाहले न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत तथा न्युयोर्कस्थित महावाणिज्यदूतबाट भ्रमणसम्बन्धी जानकारी लिनुहुने कार्यक्रमसमेत रहेको छ।

प्रधानमन्त्री शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियारलगायत सहभागी हुनुहुनेछ।

प्रधानमन्त्री शाह सेप्टेम्बर २५ मा न्युयोर्कबाट दोहा हुँदै नेपाल फर्कने र सेप्टेम्बर २६ मा काठमाडौं आइपुग्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय