एमाले–नेकपा सहकार्यको २८ बुँदे न्यूनतम साझा कार्यक्रम मुख्यमन्त्रीलाई हस्तान्तरण



677 SHARES

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठनसम्बन्धी केन्द्रमा भएको तीन बुँदे सहमतिपछि कोशी प्रदेश सरकार सञ्चालनका लागि तयार गरिएको २८ बुँदे न्यूनतम साझा कार्यक्रम मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हस्तान्तरण गरिएको छ।

नेकपा संसदीय दल, कोशी प्रदेशका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा गठित कार्यदलले सोमबार मुख्यमन्त्री कार्कीलाई उक्त कार्यक्रम हस्तान्तरण गरेको हो।

विज्ञापन

कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रममा प्रदेश सरकारको नीति, विकास, सुशासन, सेवा प्रवाह तथा जनजीविकासँग सम्बन्धित २८ वटा प्राथमिकता समेटिएको जनाइएको छ।

विज्ञापन

यस कार्यक्रमलाई कोशी प्रदेशमा एमाले–नेकपा गठबन्धन सरकार सञ्चालनको साझा मार्गदर्शक दस्तावेजका रूपमा कार्यान्वयन गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय