|
677 SHARES |
विराटनगर । विराटनगरमा चोरी गर्न घरमा पसेका एक अन्दाजी ३५–४० वर्षीय पुरुष तीन तलाबाट खसेर मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–४ गणेश चोकस्थित पुरुषोत्तम न्यौपानेको घरमा आइतबार मध्यराति चोरी गर्न पुगेका ती पुरुष घरधनीले थाहा पाएपछि भाग्ने क्रममा तीन तलाबाट खसेका थिए।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार छिमेकीको घरबाट माथि चढेर न्यौपानेको घरमा पुगेका उनी होहल्ला भएपछि हामफालेर भाग्न खोज्दा चिप्लिएर खसेको प्रारम्भिक अनुमान छ।
गम्भीर घाइते भएका उनको राति करिब १२ः२० बजे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुलेको छैन। प्रहरीले शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।










