गृह जिल्ला आएका ओलीले भने– नेतृत्व फेर्ने होइन, पार्टी जागरण गराउने हो

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व परिवर्तनको चर्चा अस्वीकार गर्दै आफू नेतृत्वबाट पछि नहट्ने संकेत गरेका छन्।

गृह जिल्ला झापा पुगेर ‘मिसन पार्टी जागरण अभियान’ उद्घाटन गर्दै ओलीले अहिले पार्टी पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको बताए। नेतृत्व परिवर्तनलाई मात्र पार्टी पुनर्गठन भन्न नमिल्ने उनको भनाइ थियो।

विज्ञापन

“आज पुनर्गठन होइन, पुनर्जागरणको अवस्थामा छौँ। नेतृत्व फेर्ने प्रक्रियालाई मात्र पुनर्गठन भनिन्न,” ओलीले भने।

विज्ञापन

उनले पार्टीभित्र आफूलाई हटाउन खोजिएकोप्रति असन्तुष्टि जनाउँदै आफ्नो विकल्प खोज्ने प्रयासप्रति पनि प्रश्न उठाए। ओलीले केही नेताले पर्याप्त अवसर नपाएकाले आफूलाई समर्थन गरेको तर अवसर पाएकाहरूले नै घात गरेको टिप्पणी गरे।

बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलिया आफ्नो निवासमा लडेको विषयमा समेत ओलीले असन्तुष्टि जनाए। उनले थपलिया लडेको विषयलाई अनावश्यक रूपमा प्रचार गरिएको आरोप लगाए।

ओलीले संगठित सदस्यभन्दा कम मत आएको विषयमा समेत पार्टीभित्रैबाट आफूविरुद्ध प्रचार गरिएको दाबी गरे। केही नेताहरूले आफूलाई मत नदिन उर्दी गरेको उनको आरोप थियो।

उनले जनसंगठन वा कुनै कमिटीको पुनर्गठन भइरहन सक्ने भए पनि त्यसलाई समग्र पार्टीको पुनर्गठन भन्न नमिल्ने बताए।

यसअघि शनिबार इलाममा आयोजित कार्यक्रममा समेत ओलीले आफू पार्टी नेतृत्वबाट पछि नहट्ने संकेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय