|
677 SHARES |
काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धीरज सेठ आइतबार काठमाडौं आइपुगेका छन्। उनी अपराह्न ४ः१५ बजे एयर इन्डियाको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
नेपाल भ्रमणका क्रममा प्रधानसेनापति सेठले रक्षामन्त्रीसमेतको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेटवार्ता गर्नेछन्।
सन् २०२६ जुन ३० मा भारतीय प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदैछ।
सोमबार शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानसेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिएका छन्।
प्रधानसेनापति सेठले सोमबार जङ्गीअड्डामा आयोजित औपचारिक कार्यक्रममा समेत सहभागिता जनाउने कार्यक्रम रहेको छ।










