|
9,000 SHARES |
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो।
निगमका अनुसार नयाँ मूल्यसूची आइतबार रातिदेखि लागू भएको छ। मूल्य समायोजनपछि पेट्रोल, डिजेल र मट्टितेल उपभोक्ताले नयाँ दरअनुसार खरिद गर्नुपर्नेछ।
निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धन खरिद मूल्यमा आएको परिवर्तनका आधारमा मूल्य समायोजन गरिएको जनाएको छ।










