सुनसरी घटनापछि कोशी प्रदेश प्रहरी प्रमुख फेरबलद : डीआईजी घिमिरे आउट, खनाल इन



697 SHARES

झापा । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि कोशी प्रदेश प्रहरीको नेतृत्व परिवर्तन गरिएको छ। गृह मन्त्रालयले कोशी प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाउँदै उनको स्थानमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई सरुवा गरेको हो।

आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो। घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका छन्।

विज्ञापन

घटनापछि सुरक्षा संयन्त्रको भूमिकामाथि प्रश्न उठिरहेका बेला सरकारले प्रदेश प्रहरी नेतृत्व नै परिवर्तन गरेको हो।

विज्ञापन

यसैबीच, घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई घटनाको विस्तृत अध्ययन गरी एक साताभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय