सुनसरीका पाँच संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

विराटनगर । दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँच अति संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार साउन ११ गते बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कफ्र्यु लागू गरिएको हो।

विज्ञापन

हरिनगर बजारको पूर्वमा नुनियतोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोडसम्मको क्षेत्रमा कफ्र्यु लागू गरिएको छ।

विज्ञापन

यस्तै, भुटाहा बजारको पूर्वमा मोरिया धार खोला, पश्चिममा इदगाह फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालयसम्मको क्षेत्र कफ्र्युको दायरामा परेको छ।

कप्तानगञ्ज बजारको पूर्वमा यादव टोल, पश्चिममा सिमल माध्यमिक विद्यालय, उत्तरमा कृष्ण माध्यमिक विद्यालय र दक्षिणमा नेपाल–भारत सीमासम्म कफ्र्यु आदेश जारी गरिएको छ।

त्यसैगरी, घुस्की बजारको पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुलसम्म तथा देवानगञ्ज बजारको पूर्वमा विराटनगर जाने सडकस्थित मुसहर टोल, पश्चिममा मोरिया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालयसम्मको क्षेत्रमा पनि कफ्र्यु लागू गरिएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार सुरक्षा अवस्था सामान्य नहुँदासम्म कफ्र्यु आदेश कायम रहनेछ। स्थानीयवासीलाई कफ्र्यु आदेशको पूर्ण पालना गर्न प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय