बैंकिङ कसुर मुद्दाका फरार व्यवसायी शंकर अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट अग्रवाललाई पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक अनुप शमशेर जबराका अनुसार अग्रवाललाई नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ।

विज्ञापन

शंकर ग्रुपका अध्यक्ष अग्रवालविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएपछि उनी फरार रहेका थिए।

विज्ञापन

यसअघि पनि उनी सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका थिए। उक्त मुद्दामा भने अदालतको आदेशपछि उनी रिहा भएका थिए।

प्रहरीले अग्रवालविरुद्धको बैंकिङ कसुर मुद्दामा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय