आत्मघाती गोलले अर्जेन्टिना अन्तिम १६ मा

काठमाडौं । विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिनाले रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

शनिबार बिहान भएको ३२ टोलीबीचको चरणको खेलमा नवप्रवेशी केप भर्डेलाई ३–२ गोलले पराजित गर्दै अर्जेन्टिनाले उपाधि रक्षा अभियानलाई निरन्तरता दिएको हो।

विज्ञापन

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। खेलको २९औँ मिनेटमा कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। तर ५९औँ मिनेटमा डेरोय डुआर्टेले गोल फर्काउँदै केप भर्डेलाई १–१ को बराबरीमा ल्याए।

विज्ञापन

दुवै टोलीबाट निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको ९२औँ मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए। त्यसपछि १०३औँ मिनेटमा सिड्नी काब्रालले गोल गर्दै खेललाई फेरि २–२ को बराबरीमा पुर्‍याए।

खेलको १११औँ मिनेटमा डाइनी बोर्जेसबाट भएको आत्मघाती गोल अर्जेन्टिनाको जितको निर्णायक बन्यो। यससँगै अर्जेन्टिनाले ३–२ को जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।

अब अन्तिम १६ मा अर्जेन्टिनाले इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय