लागुऔषध र मादक पदार्थ सेवन गरी सवारी चलाउने ७ चालक कारबाहीमा

झापा। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी दुर्घटना न्यूनीकरण तथा सडक अनुशासन कायम गर्ने उद्देश्यले सञ्चालन गरेको विशेष ट्राफिक जाँच अभियानमा लागुऔषध तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७ जना चालक कारबाहीमा परेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजना तथा इलाका प्रहरी कार्यालय धुलाबारी, इलाका प्रहरी कार्यालय बुधबारे, ट्राफिक प्रहरी पोस्ट बुधबारे र महिला सामुदायिक स्वास्थ्य केन्द्र बुधबारेको संयुक्त सहकार्यमा आइतबार बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्गको कालीखोला क्षेत्रमा चालकहरूको स्वास्थ्य परीक्षण, मादक पदार्थ तथा लागुऔषध सेवन परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो।

विज्ञापन

अभियानका क्रममा दुईपाङ्ग्रे, चारपाङ्ग्रे तथा ट्र्याक्टर गरी २०० सवारीसाधनको जाँच गरिएको थियो। ब्रेथलाइजरमार्फत गरिएको परीक्षणमा ५ जना चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएको भेटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

विज्ञापन

त्यसैगरी शंकास्पद २९ जना चालकको लागुऔषध सेवन (ड्रग टेस्ट किट) मार्फत परीक्षण गर्दा २ जनामा लागुऔषध सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।

लागुऔषध सेवन गरेको पुष्टि भएका चालकहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय धुलाबारी पठाइएको छ।

ट्राफिक प्रहरीले यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरी सुरक्षित, अनुशासित र जिम्मेवार सडक संस्कृतिको विकासमा जोड दिइने जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय