शनिश्चरे एफसीले जित्यो तेस्रो बुद्धशान्ति च्यालेन्ज कपको उपाधि



9,000 SHARES

झापा । तेस्रो बुद्धशान्ति च्यालेन्ज कप २०८३ को उपाधि शनिश्चरे एफसीले जितेको छ। बुद्धशान्ति–४ मा रहेको वर्ने वर्कसप खेल मैदानमा आज सम्पन्न फाइनल प्रतिस्पर्धामा शनिश्चरे एफसीले धुलाबारी एफसीमाथि ३–० को सहज जित निकाल्दै च्याम्पियन बनेको हो।

युनिटी युथ क्लबको आयोजनामा भएको प्रतियोगिताको उपाधि भिडन्तमा शनिश्चरे सुरुदेखि नै हाबी देखिएको थियो। खेलको १८औँ मिनेटमा दुर्लभ तिवारीले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको पाँच मिनेटपछि कप्तान देवेन्द्र तामाङले थप १ गोल थपेपछि शनिश्चरेले खेलमा मजबुत पकड बनाएको थियो।

विज्ञापन

पहिलो हाफकै ३७औँ मिनेटमा निखिल तामाङले अर्को गोल गर्दै धुलाबारी एफसीको पुनरागमनको सम्भावना कम्जोर पारिदिएका थिए।

विज्ञापन

धुलाबारी एफसीले केही अवसर सिर्जना गरे पनि शनिश्चरे एफसीको अनुशासित रक्षापंक्ति तोड्न सकेन। उत्कृष्ट तालमेल र तीव्र आक्रमणका कारण शनिश्चरेले खेल आफ्नो नियन्त्रणमा राखेको थियो।

प्रतियोगिताको विजेता बनेसँगै शनिश्चरे एफसीले नगद ७० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता धुलाबारी एफसीले नगद ३५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
1

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय