एसइई नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा



9,000 SHARES

झापा । राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । बोर्डका अनुसार विभिन्न जिल्लाबाट प्राप्त प्राप्ताङ्क रुजु गरी कम्प्युटरमा प्रविष्ट गर्ने काम सम्पन्न भइसकेको छ । कुनै प्राविधिक जटिलता नआए ढिलोमा मङ्गलबारसम्म नतिजा सार्वजनिक गरिने बताइएको छ ।

विगतमा परीक्षा सम्पन्न भएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्ने गरिएकोमा यस वर्ष भने एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो । एसइई परीक्षा गत चैत २९ गते सम्पन्न भएको थियो ।

विज्ञापन

बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारी ले परीक्षा सकिएको मितिले एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यअनुसार काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख २९ भित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी तीव्र पारिएको छ ।

विज्ञापन

नयाँ सरकार गठनपछि एसइई नतिजा १५ दिनभित्रै सार्वजनिक गर्ने विषयमा समेत छलफल भएको थियो । तर अत्यधिक हतार गर्दा प्राविधिक समस्या आउन सक्ने भएकाले बढीमा एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने समझदारी मन्त्रालय र बोर्डबीच भएको बताइएको छ ।

यस वर्ष नतिजा प्रकाशनलाई छिटो र व्यवस्थित बनाउन उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको थियो । साथै परीक्षण कार्यमा पर्याप्त जनशक्ति परिचालन गरिएको बोर्डले जनाएको छ ।

एसइई परीक्षा चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा सहभागी हुन देशभरबाट पाँच लाख १२ हजार ४२१ जनाले आवेदन फाराम भरेका थिए । तीमध्ये दुई लाख ५७ हजार ६१३ जना छात्रा र दुई लाख ५४ हजार ८०१ जना छात्र रहेका छन् । परीक्षामा वास्तविक सहभागी संख्या भने नतिजा सार्वजनिक भएपछि मात्रै यकिन हुने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
1
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय