|
9,000 SHARES |
काठमाडौँ । नेपाल सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा काम सुरु गरेको छ।
आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लबाट शपथ ग्रहण गरेसँगै आयोगको कार्य प्रारम्भ भएको हो। आयोगको कार्यालय केशरमहलमा स्थापना गरिएको छ।
सरकारले २०८३ वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो। जाँचबुझ ऐन, २०२६ बमोजिम काम गर्ने जिम्मेवारी पाएको आयोगको कार्यकाल एक वर्ष तोकिएको छ।
आयोगले २०६२ सालयता सार्वजनिक पदमा रहेका, सेवानिवृत्त भएका वा पदबाट हटिसकेका पदाधिकारी तथा तिनका परिवारका सदस्यको नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण सङ्कलन गरी सूक्ष्म छानबिन गर्नेछ।
आयोगको गठन २०८२ चैत १३ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ को बुँदा नम्बर ४३










