नेकपा स्थापना दिवसः एमाले अध्यक्ष ओलीले च्यासलमा सम्बोधन गर्ने



9,000 SHARES

काठमाडौं । केपी शर्मा ओलीले आज कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा पार्टी कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारी का अनुसार दिउँसो २ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिने ७७औँ स्थापना दिवस कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्। सम्बोधनमा समसामयिक राजनीति तथा एमालेको आगामी कार्यदिशाबारे धारणा प्रस्तुत गरिने जनाइएको छ।

विज्ञापन

अध्यक्ष ओलीलाई गत चैत १४ गते सरकारले गिरफ्तार गरी चैत २६ गते रिहा गरेको थियो। त्यसपछि पित्तथैलीमा पत्थरीको शल्यक्रिया गराएका उनी वैशाख ५ गते घर फर्किएका हुन्। स्वास्थ्य लाभको क्रममा रहेका ओलीले स्थापना दिवसकै अवसरमा नेता–कार्यकर्तालाई सम्बोधन गर्न लागेका हुन्।

विज्ञापन

कार्यक्रममा सहभागी हुन काठमाडौं उपत्यकामा रहेका पार्टीका केन्द्र, जनसङ्गठनका पदाधिकारी, केन्द्रीय सदस्य तथा शुभेच्छकलाई उपस्थितिका लागि आग्रह गरिएको छ।

नेपालमा पुष्पलाल श्रेष्ठ को नेतृत्वमा २००६ साल वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय