|
9,000 SHARES |
झापा । भद्रपुर नगरपालिका–४ मन्त्रीचोकमा आयोजित राधाकृष्ण अष्टजाममा दुई समूहबीच ग्याङफाइट हुँदा एकजना घाइते भएका छन् भने चारजनालाई प्रहरीले पक्राउ गरेको छ।
गएराति करिब ९ः३० बजे अष्टजाम हेर्न गएका युवाहरूबीच सामान्य विवादले उग्र रूप लिँदा कुटपिट भएको हो। घटनामा कचनकवल–४ बस्ने १७ वर्षीय विक्रम माझी घाइते भएका छन्। उनको टाउको र कानमा चोट लागेको छ भने स्थानीय मेडिकलमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न चारजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भद्रपुर–७ बोक्तोबारीका १८ वर्षीय आदित्य सहनी, १९ वर्षीय रोमन मिस्त्री, १८ वर्षीय विवेक राजवंशी र भद्रपुर–६ फुटानीचोकका १८ वर्षीय प्रल्हाद राजवंशी रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










