|
9,000 SHARES |
बिर्तामोड । झापा हुँदै गैँडाको खाग लैजाँदै गरेका चारजनालाई सुनसरीमा सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
सुनसरीको बर्जु गाउँपालिका–६ स्थित बर्जु तालको पूर्व गेट क्षेत्रमा अवैध कारोबार भइरहेको विशेष सूचनाका आधारमा हिजो साँझ करिब साढे ७ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट खटिएको टोलीले मोटरसाइकलमा लुकाइछिपाइ राखिएको अवस्थामा गैँडाको खागजस्तो देखिने वस्तुसहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ। सो क्रममा उनीहरू मोलमोलाई गरिरहेको अवस्थामा फेला परेका थिए।
नियन्त्रणमा लिइएका चारैजनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय इनरुवामा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










