कनकाईमा ग्वालीमा आगलागी, तीन लाख बराबरको क्षति



9,000 SHARES

झापा । झापाको कनकाई नगरपालिका–६ चम्पापुरस्थित एक ग्वालीमा आगलागी हुँदा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ।

चैत २६ गते राति करिब १० बजे स्थानीय टंक प्रसाद फुयालको काठ र टिनको छानो भएको एकतले ग्वालीमा अचानक आगलागी भएको हो। आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

विज्ञापन

घटनाको जानकारी प्राप्त हुनासाथ अप्रबिट दुर्गापुर र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली, स्थानीय बासिन्दा तथा बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा करिब ४० मिनेटमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

विज्ञापन

आगलागीबाट परालको कुनिउ, करिब २० मन धान र काठ जलेर नष्ट हुँदा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। घटनामा कुनै मानवीय वा चौपाया क्षति भने भएको छैन।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय