ठूलो परिमाणमा ब्राउन सुगर र नगदसहित दुई जना पक्राउ



9,000 SHARES

बिर्तामोड । झापाको भद्रपुरबाट ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा भद्रपुर–४ डाँगीबारीका बब्लु मर्डी र बिर्तामोड–१ का २७ वर्षीय अनमोल गजमेर रहेका छन्। मर्डी बिक्रीकर्ता र गजमेर खरिदकर्ताका रूपमा पक्राउ परेका हुन्।

विज्ञापन

प्रहरीले गोप्य सूचनाका आधारमा मर्डीको घरमा छापा मार्दा कम्पाउण्डभित्र बिक्रीका लागि लुकाएर राखिएको अवस्थामा २१८ ग्राम ५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ।

विज्ञापन

यसैगरी, उनीहरूको साथबाट नगद ३ लाख २ सय ५० रुपैयाँ, अमेरिकी डलर ७५, पाकिस्तानी रुपैयाँ ५०, अष्ट्रेलियन ५ डलर, भारतीय रुपैयाँ ५३० र दुई थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। उनीहरूलाई चैत १ गतेदेखि सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियान ‘अपरेशन ब्राउन’ अन्तर्गत पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय