|
9,000 SHARES |
काठमाडौं । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउपछि उनलाई हाजिरी जमानीमा छाडिएको हो।
जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको प्रदर्शनमा दमन गरेको आरोपमा रिजालमाथि अनुसन्धान भइरहेको छ। सोही घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनलाई कारबाहीका लागि सिफारिस गरेको थियो।
यसअघि आज बिहान अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सुविधानगरबाट पक्राउ गरेको थियो।










