|
9,000 SHARES |
काठमाडौँ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई बुढानीलकण्ठबाट नियन्त्रणमा लिएको हो। सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठ का अनुसार सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि खड्कालाई पक्राउ गरिएको हो।
खड्कामाथि अनुसन्धान अघि बढाउन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रहरी प्रधान कार्यालयमा पत्र पठाएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित उनको निवासबाट रकम फेला परेपछि उनीमाथि छानबिन सुरु गरिएको थियो।










