ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने



9,000 SHARES

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले आइतबार अदालतमा पेश गर्ने भएको छ।

शनिबार बिहान पक्राउ परेका उनीहरूलाई आज अदालत बन्द रहने भएकाले आइतबार पेश गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ। हाल दुवैलाई काठमाडौँ प्रहरी परिसरमा राखिएको छ।

विज्ञापन

प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतबाट अनुमति लिएर २५ दिनसम्म हिरासतमा राख्न सक्ने व्यवस्था मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४मा उल्लेख छ।

विज्ञापन

यसैबीच, बालेन्द्र शाहको नेतृत्वमा गठित सरकारले जेनजी आन्दोलनको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

उक्त आयोगले केपी शर्मा ओली, रमेश लेखकलगायतमाथि फौजदारी कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस ।
+1
34
+1
21
+1
3
+1
1
+1
9

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय