रास्वपाको संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत चयन



9,000 SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेतामा बालेन शाहलाई सर्वसम्मत रूपमा चयन गरेको छ। पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा शाह दलको नेतामा चयन भएका हुन्।

घण्टीघरस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले यसअघि नै शाहलाई संसदीय दलको नेता बनाउने प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो। सोही निर्णयका आधारमा उनलाई औपचारिक रूपमा संसदीय दलको नेतामा चयन गरिएको पार्टीले जनाएको छ।

विज्ञापन

रास्वपाका प्रवक्ता मनिष झाले सभापति लामिछानेको प्रस्तावमा कुनै पनि असहमति नआएपछि शाह सर्वसम्मत रूपमा चयन भएको जानकारी दिए।

विज्ञापन

बैठकले शाहलाई दलको नेता चयन गरेसँगै समापन भएको छ। साथै, अब संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बस्ने तयारी भइरहेको पार्टीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय