इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि



9,000 SHARES

एजेन्सी । इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको छ। सोमबार इजरायल को आक्रमणमा उनी मारिएको इरान र इजरायल दुवै पक्षले जनाएको हो।

लारिजानी इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख थिए, जसले मुलुकको सुरक्षा तथा रणनीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएका थिए। मंगलबार परिषद्ले विज्ञप्ति जारी गर्दै उनको मृत्यु भएको पुष्टि गरेको हो। यसअघि इजरायलका रक्षामन्त्री इजराइल कात्ज ले आक्रमणमा लारिजानी मारिएको दाबी गरेका थिए।

विज्ञापन

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स का अनुसार युद्ध सुरु भएयता आयातोल्लाह अली खामेनी पछिका उच्च तहका व्यक्तिको हत्या भएको यो महत्वपूर्ण घटना हो। परिषद्का अनुसार उक्त आक्रमणमा लारिजानीसँगै उनका छोरा र सहायक अलीरेजा बायात पनि मारिएका छन्।

विज्ञापन

लारिजानी इरानको सत्ता संरचनामा प्रभावशाली तथा व्यवहारिक नेताका रूपमा चिनिन्थे। यसबीच इरानी अर्धसैनिक बलका प्रमुख घोलामरेजा सोलेमानी पनि मारिएको बताइएको छ।

बेन्जामिन नेतन्याहु ले थप आक्रमण जारी रहने संकेत दिएका छन्। तीन साताभन्दा बढी समयदेखि जारी अमेरिका–इजरायल र इरानबीचको युद्ध क्रमशः क्षेत्रीय द्वन्द्वतर्फ फैलिँदै गएको छ।

यसैबीच ‘स्ट्रेट अफ हर्मुज’ जलडमरू लगभग अवरुद्धजस्तै हुँदा विश्व तेल आपूर्तिमा गम्भीर असर परेको छ। विश्व तेल आपूर्तिको २० प्रतिशतभन्दा बढी यही मार्ग हुँदै जाने गर्छ, र युद्ध सुरु भएयता तेलको मूल्य करिब ४५ प्रतिशतले बढेको छ।

युरोपेली संघकी विदेश नीति प्रमुख काजा काल्लास ले उक्त समुद्री मार्ग खुला राख्न कूटनीतिक पहल आवश्यक रहेको बताएकी छन्। उता डोनाल्ड ट्रम्प ले सहयोगी राष्ट्रहरूको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्।

निरन्तर आक्रमण र प्रतिआक्रमणका बीच क्षेत्रीय सुरक्षा, ऊर्जा आपूर्ति र विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Authors

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय