स्पेनमा दुई उच्च गतिको रेल आपसमा ठोक्किँदा २१ जनाको मृत्यु, २५ गम्भीर घाइते



9,000 SHARES

एजेन्सी। स्पेनको दक्षिणी भागमा दुई वटा उच्च गतिको रेल आपसमा ठोक्किँदा २१ जनाको मृत्यु भएको छ भने २५ जना गम्भीर घाइते भएका छन्।

स्पेनको रेल निकाय (एडीआईएफ (ADIF))का अनुसार आइतबार राति मालागाबाट राजधानी म्याड्रिडतर्फ जाँदै गरेको एक उच्च गतिको रेल कोर्डोबा प्रान्तको एडामुज नजिक ट्र्याकबाट चिप्लिएर अर्को ट्र्याकमा पुगेको थियो। सोही क्रममा विपरीत दिशाबाट आइरहेको अर्को उच्च गतिको रेलसँग ठोक्किँदा दुवै रेल ट्र्याकबाट खसेका हुन्।

विज्ञापन

स्पेनको गृह मन्त्रालयले हालसम्म २१ जनाको मृत्यु पुष्टि गरेको छ। यस्तै, एन्डालुसिया क्षेत्रको आपतकालीन सेवाले २५ जना गम्भीर रूपमा घाइते भएको जनाएको छ।

विज्ञापन

दुर्घटनापछि एन्डालुसिया क्षेत्रबाट राजधानी म्याड्रिडतर्फ जाने रेल सेवा तत्कालका लागि स्थगित गरिएको छ। एडीआईएफका अनुसार कोर्डोबा, सेभिल्ला, मालागा र हुवेल्भाबाट सञ्चालन हुने रेल सेवा सोमबारसम्म बन्द रहनेछ।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय