|
1,060 SHARES |
काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या १ हजार ४१० पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार साँझसम्म बाढीमा परी ६ हजार १४५ जना बेपत्ता भएका छन् ।
बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ । बेपत्ताको संख्या ठूलो रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।
बाढीले रसुवासहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको थियो । प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोलीले बेपत्ताको खोजी र शव व्यवस्थापनको कामलाई निरन्तरता दिइरहेका छन् ।










