|
957 SHARES |
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा शीर्ष राजनीतिक दलका नेताहरूबीच सर्वदलीय बैठक बस्ने भएको छ।
रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बुधबार बिहान ११ बजे बैठक बस्न लागेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ।
बैठकमा मुलुकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ।
विपद् व्यवस्थापनमा राजनीतिक दलहरूबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले संयन्त्र गठन गर्ने विषयमा छलफल केन्द्रित हुने बताइएको छ।










