मार्बलले थिच्दा झापामा कामदारको मृत्यु

झापा । झापाको भद्रपुरमा निर्माणाधीन भवनमा काम गर्ने क्रममा मार्बलले थिचिएर एक कामदारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–कोटेश्वर, राममन्दिर बस्ने अन्दाजी ३१ वर्षीय राजेन्द्र खड्का रहेका छन् ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार दिउँसो करिब १२ः४५ बजे भद्रपुर नगरपालिका–५ स्थित सूर्य प्लाइउड फ्याक्ट्रीमा निर्माण भइरहेको नयाँ भवनमा काम गर्ने क्रममा खड्का दुर्घटनामा परेका हुन् ।

विज्ञापन

भवनमा प्रयोगका लागि ल्याइएको मार्बल मे १ ज २२१८ नम्बरको बोलेरो पिकअपबाट अनलोड गर्ने क्रममा मार्बलले खड्कालाई थिचेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल, भद्रपुर लगिएको थियो ।

अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय