बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने



942 SHARES

झापा । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले बाढी प्रभावित परिवारको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।

विज्ञापन

बैठकमा नगर प्रमुख प्रसाईंले बाढीका कारण रसुवाको टिमुरे बजारदेखि स्याफ्रुबेँसी, नुवाकोटको बेत्रावती, त्रिशूलीलगायत क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आफू स्तब्ध भएको बताउनुभयो।

विज्ञापन

उहाँले विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार तथा राहतलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै सरकारलाई आवश्यक सहयोग गर्न सबै पक्षसँग आग्रह गर्नुभयो।

नगर प्रमुख प्रसाईंले मानवीय सेवामा जुट्न सम्पूर्ण नगरवासी, संघ–संस्था, उद्योगी–व्यवसायी तथा निजी क्षेत्रलाई समेत अपिल गर्नुभएको छ।

बिर्तामोड नगरपालिकाले विपद्मा परेका नागरिकप्रति स्थानीय सरकारको दायित्व र मानवीय भावनालाई आत्मसात् गर्दै राहत तथा उद्धारका लागि आर्थिक सहयोग गर्ने निर्णय गरिएको जनाएको छ।

यसैबीच, नगरपालिकाले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। बाढीमा घाइते तथा प्रभावित सबैको शीघ्र उद्धार र स्वास्थ्यलाभको कामनासमेत नगरपालिकाले गरेको छ। 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय