कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै



730 SHARES

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ।

मुख्यमन्त्री कार्कीले सोमबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुहुने भएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत शुक्रबार नै विश्वासको मत लिने सम्बन्धमा प्रदेशसभा सचिवालयलाई औपचारिक जानकारी गराइसकेको छ।

विज्ञापन

नयाँ सत्ता समीकरणअनुसार नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको सहमतिबमोजिम मुख्यमन्त्री कार्कीले गत सोमबार मन्त्रिपरिषद् हेरफेर गर्नुभएको थियो। नेकपा १७ जना प्रदेशसभा सदस्यसहित सरकारमा सहभागी भएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लाग्नुभएको हो।

विज्ञापन

यसअघि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म विश्वासको मत नलिने अडानमा रहनुभएका कार्कीले सत्ता समीकरण परिवर्तनसँगै विश्वासको मत लिने तयारी गर्नुभएको हो।

९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४० र नेकपाका १७ गरी ५७ जना सांसद मुख्यमन्त्री कार्कीको पक्षमा देखिएका छन्। सरकार गठनका लागि आवश्यक बहुमतभन्दा बढी समर्थन रहेकाले कार्कीले विश्वासको मत पाउने सम्भावना बलियो देखिएको छ।

प्रदेशसभामा नेपाली कांग्रेसका २९, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सभामुखसहित ५ र जनता समाजवादी पार्टी (जसपा)का १ जना सांसद रहेका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय