अमेरिकामा १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द



1,477 SHARES

एजेन्सी । अमेरिकी विदेश मन्त्रालयले राष्ट्रपति डोनल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता १ लाख ७५ हजारभन्दा बढी प्रवेशाज्ञा (भिसा) रद्द गरिएको जनाएको छ।

मन्त्रालयले विज्ञप्तिमार्फत विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको पाइएपछि ती भिसा रद्द गरिएको जनाएको हो। मन्त्रालयका अनुसार कुटपिट, मादक पदार्थ सेवन गरी सवारी चलाउने (डीयूआई), चोरी तथा लागूऔषधसम्बन्धी अपराध भिसा रद्द हुनुका प्रमुख कारण रहेका छन्।

विज्ञापन

त्यस्तै, लापरवाहीपूर्ण सवारी सञ्चालन, यौनजन्य हिंसा, बाल दुर्व्यवहार, जालसाजी तथा आर्थिक हिनामिनाजस्ता गम्भीर अपराधमा संलग्न व्यक्तिहरूको भिसासमेत रद्द गरिएको मन्त्रालयले जनाएको छ।

विज्ञापन

अमेरिकी विदेश मन्त्रालयले भिसालाई अधिकार नभई ‘विशेषाधिकार’का रूपमा व्याख्या गर्दै यसको दुरुपयोग गर्ने व्यक्तिबाट अमेरिकी समुदायलाई सुरक्षित राख्न उपलब्ध सबै कानुनी संयन्त्र प्रयोग गर्ने प्रतिबद्धता जनाएको छ।

राष्ट्रपति ट्रम्प दोस्रोपटक ह्वाइट हाउस फर्किएपछि उनको प्रशासनले अध्यागमन नीतिमा व्यापक कडाइ गर्दै आएको छ। यसअन्तर्गत कागजातविहीन आप्रवासीविरुद्ध कारबाही तीव्र पारिनुका साथै वैध भिसामा अमेरिकामा रहेका व्यक्तिको समेत निगरानी र छानबिन बढाइएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय