रोशी र दाप्चाखोलाको बाढीले डाइभर्सन बगायो, बीपी राजमार्गमा सवारी आवागमन बन्द

काठमाडौं । निरन्तर वर्षापछि रोशी खोला र दाप्चाखोलामा आएको बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ। बाढीका कारण काभ्रे खण्डमा सवारीसाधनको आवागमन तत्कालका लागि बन्द गरिएको हो।

शनिबारदेखि परेको वर्षाले रोशी खोलाको जलसतह बढेको थियो। आइतबार अपराह्न परेको भारी वर्षापछि रोशी र दाप्चाखोलामा आएको बाढीले डाइभर्सन बगाएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।

विज्ञापन

काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीका अनुसार डाइभर्सन बगाएपछि सुरक्षा सतर्कताका लागि राजमार्गमा सवारी सञ्चालन रोकिएको छ।

विज्ञापन

उनले भने, “डाइभर्सन बगाएपछि अहिले सवारीसाधन होल्ड गरिएका छन्। रातिको समयमा पनि आवतजावत बन्द रहनेछ। वर्षा रोकिएर अवस्था सामान्य भए सोमबार बिहानदेखि सवारी सञ्चालन गर्ने प्रयास गरिनेछ।”

हाल काठमाडौंबाट पूर्वतर्फ गइरहेका सवारीसाधनलाई काभ्रेभञ्ज्याङमा तथा पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेका सवारीसाधनलाई मंगलटार र नेपालथोक क्षेत्रमा रोकिएको प्रशासनले जनाएको छ। प्रशासनले अत्यावश्यक बाहेक बीपी राजमार्गको यात्रा नगर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न यात्रु र चालकलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय