पानीमा डुबेर मेचीनगरमा एक जनाको मृत्यु



962 SHARES

झापा । झापाको मेचीनगरमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ।

मेचीनगर नगरपालिका–७ स्थित गोमनसरी टोल विकास संस्थान नजिक पानीमा डुबेको अवस्थामा करिब ५० वर्षीय सञ्जय सोरेन मृत फेला परेका हुन्।

विज्ञापन

प्रहरीका अनुसार घटनास्थल नजिकै पालिया नहर रहेकाले सोरेन नहरमा डुबेर बगेका हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विज्ञापन

मृतक सोरेन दैनिक ज्यालादारी मजदुरी गर्दै आएका थिए। उनकी छोरीले शवको सनाखत गरेकी छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय