|
919 SHARES |
झापा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यस वर्ष कुल ४ लाख १८ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए।
बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ २ लाख ३१ हजार ७७० र आंशिकतर्फ ३६ हजार ४२० जना गरी कुल २ लाख ६८ हजार १९० परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्।
यस वर्ष नियमिततर्फ ६९.७५ प्रतिशत र आंशिकतर्फ ४२.३८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। समग्रमा ६४.१३ प्रतिशत परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका बोर्डले जनाएको छ।
यसैबीच, परीक्षामा अनियमितता गरेको ठहर भएका ४० जना परीक्षार्थीमाथि कारबाही गरिएको छ। तीमध्ये ३८ जनाको चालु शैक्षिक सत्रका सबै विषयको परीक्षा रद्द गरिएको छ भने दुई जनाको परीक्षा रद्द गर्नुका साथै आगामी एक वर्षसम्म बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने निर्णय गरिएको बोर्डले जनाएको छ।









