महिला राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने अर्जुनधाराका खेलाडीलाई ट्रयाकसुटसहित बिदाइ



933 SHARES

अर्जुनधारा । धरानमा आजदेखि सुरु हुने चौथो बी.पी. मेमोरियल महिला राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने अर्जुनधारा नगरपालिकाका खेलाडी तथा प्रशिक्षकलाई ट्रयाकसुटसहित बिदाइ गरिएको छ।

अर्जुनधारा नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ र अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाललगायतले प्रतियोगितामा सहभागी टोलीलाई सफलताको शुभकामना व्यक्त गर्दै औपचारिक रूपमा बिदाइ गर्नुभएको हो।


सो अवसरमा अर्जुनधारा नगर खेलकुद विकास समितिको तर्फबाट खेलाडी तथा अफिसियलहरूलाई ट्रयाकसुट वितरण गरिएको थियो।

विज्ञापन

महिला हिंसाविरुद्ध आवाज बुलन्द गर्दै महिला रुचि तथा सहभागितालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त राष्ट्रिय प्रतियोगितामा अर्जुनधारा नगरपालिकाका खेलाडीहरूले नगरको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन

लोकप्रिय

लोकप्रिय