गृहमन्त्री पुनर्नियुक्तिपछि मन्त्रिपरिषद्काे पहिलो बैठक बस्दै



940 SHARES

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ। नियमित रूपमा आयोजना हुने बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ।


गृहमन्त्रीका रूपमा सुधन गुरुङ पुनः नियुक्त भएपछि बस्न लागेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो। मन्त्रिमण्डल पुनर्गठनसँगै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीको जिम्मेवारीमा आइसकेका छन्।

विज्ञापन

सरकारले हालै मन्त्रिमण्डलमा गरेको हेरफेरपछि पहिलोपटक बस्न लागेको बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा निर्णय हुन सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन

लोकप्रिय

लोकप्रिय