क्यान झापाद्वारा ६० घण्टे दुई प्राविधिक तालिम सम्पन्न, युवालाई स्वदेशमै आत्मनिर्भर बनाउन जोड



681 SHARES

झापा । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ झापा शाखाले दमक र बिर्तामोडमा सञ्चालन गरेका दुईवटा ६० घण्टे प्राविधिक तालिम मंगलबार सम्पन्न गरेको छ। हेल्भेटास नेपाल इन्स्योर परियोजनाको वित्तीय सहयोगमा सञ्चालित ग्राफिक डिजाइन तथा प्रिप्रेस र फ्रन्ट इण्ड एण्ड वेब डेभलपमेन्ट तालिमको समापन गरिएको हो।

दमकस्थित पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठानमा सञ्चालन गरिएको ग्राफिक डिजाइन तथा प्रिप्रेस तालिमको प्राविधिक संयोजन प्रथम आईटी सिस्टम प्रालिले गरेको थियो भने बिर्तामोडमा सञ्चालन गरिएको फ्रन्ट इण्ड एण्ड वेब डेभलपमेन्ट तालिमको प्राविधिक संयोजन लिडिङ एज सफ्टवेयर प्रालिले गरेको थियो।


दमकमा आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि दमक नगरपालिका–१ का वडाध्यक्ष हरिप्रसाद न्यौपानेले प्राविधिक सीपमूलक तालिमले युवालाई सक्षम बनाउने बताउँदै स्थानीय तहले पनि यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले निःशुल्क तालिमप्रति सहभागीहरूको उच्च उपस्थिति प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई पालिकास्तरमै विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो।

विज्ञापन

पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष तीर्थराज बस्नेत (शंकर) ले दमक क्षेत्रमा दक्ष ग्राफिक डिजाइनरको अभाव रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त सीपलाई व्यावसायिक रूपमा उपयोग गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

यसैगरी, बिर्तामोडमा आयोजित फ्रन्ट इण्ड एण्ड वेब डेभलपमेन्ट तालिम समापन कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिका–५ का वडाध्यक्ष रोहित प्रसाईँले युवाहरूलाई विदेश पलायनबाट रोक्न यस्ता सीपमूलक तालिम प्रभावकारी हुने बताउनुभयो। उहाँले आगामी आर्थिक वर्षमा यस्ता तालिमका लागि बजेट व्यवस्थापन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

क्यान महासंघ कोशी प्रदेशका सचिव कृष्णप्रसाद घिमिरेले क्यान झापाले सञ्चालन गरेका सिर्जनात्मक कार्यक्रमहरू देशभर उदाहरणीय बन्दै गएको उल्लेख गर्दै स्थानीय सरकारले समेत प्राविधिक दक्षता अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

हेल्भेटास नेपाल इन्स्योर परियोजनाका प्राविधिक संयोजक प्रल्हाद सिंहले परियोजनाको उद्देश्य उद्योगले माग गरेअनुसार दक्ष जनशक्ति उत्पादन गर्नु रहेको बताउँदै तालिमले सहभागीहरूको सीप अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो। उहाँले स्वीस सरकारको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै स्थानीय सरकारलाई समेत यस्ता कार्यक्रम विस्तार गर्न आग्रह गर्नुभयो।

समापन कार्यक्रममा प्रशिक्षार्थीहरूले आफूहरूले हासिल गरेको सीप तथा अनुभव प्रस्तुत गरेका थिए। दमकका सोनम नेम्वाङ र सविन लामाले यस्ता सीपमूलक तालिमको महत्व बल्ल महसुस भएको प्रतिक्रिया दिएका थिए भने बिर्तामोडका नुपेन्द्र खनाल, विशेष चम्लागाईं र लक्ष्मी गणेशले छोटो अवधिको भए पनि तालिम निकै उपयोगी रहेको बताएका थिए।

क्यान महासंघका केन्द्रीय पूर्वसचिव तथा प्रथम आईटी सिस्टम प्रालिका प्रबन्ध निर्देशक भुपेन्द्र मैनालीले गुणस्तरीय र सहभागितामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। समापन कार्यक्रममा क्यान झापाका अध्यक्ष शुभ कुमाई पाठकले औपचारिक शिक्षासँगै व्यावसायिक सीप आवश्यक रहेको उल्लेख गर्दै तालिमले सहभागीहरूमा थप सिकाइप्रतिको उत्साह जगाएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन

लोकप्रिय

लोकप्रिय