काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतल निवासमा आयोजित विशेष समारोहबीच नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्।
मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रीमा सुधन गुरुङ तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्त गर्न सिफारिस गरेका थिए। प्रधानमन्त्रीको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले मंगलबार नै दुवै जनालाई मन्त्री पदमा नियुक्त गरेका थिए।
विज्ञापन
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश डा। मनोजकुमार शर्मा, मन्त्रिपरिषद्का सदस्य तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।









