झापा । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ८५ रुपैयाँले घटेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ५ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बुधबार सुन प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला ५ हजार ३७० रुपैयाँमा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको कारोबार जारी छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज सुन प्रतिऔँस ४ हजार ४६१ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन देखिँदै आएको छ।









