भारत भ्रमणमा जाँदै रवि लामिछाने, उच्चस्तरीय भेटवार्ता गर्ने



9,000 SHARES

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाने भएका छन्।

रास्वपाका अनुसार भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछानेले जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ।

विज्ञापन

आइतबार जारी विज्ञप्तिअनुसार भ्रमणका क्रममा उनले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नेछन्। साथै भारतीय जनता पार्टीका नेताहरूसँग भेटघाट तथा विभिन्न समसामयिक विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ।

विज्ञापन

भ्रमणका अवसरमा भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि उनले भेटघाट गर्नेछन्। साथै धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको अयोध्याको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको जनाइएको छ।

सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी हुनेछन्।

रास्वपाका प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिअनुसार नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले सभापति लामिछानेका उच्चस्तरीय भेटवार्ताका लागि आवश्यक समन्वय गरिरहेको छ।

रास्वपाले यस भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन तथा दुई देशका राजनीतिक दलबीचको संवाद र सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय