चन्द्रगढी महिला गोल्डकपः आज भुटान र चर्च ब्वाइज भिड्दै



9,000 SHARES

भद्रपुर । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आज (आइतबार) भुटानको थिम्पु सिटी फुटबल क्लब र नेपालको चर्च ब्वाइज युनाइटेड बीच प्रतिस्पर्धा हुँदैछ।

बैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगिताको दोस्रो दिन भद्रपुरस्थित मेची रंगशाला मा दिउँसो हुने खेलमा दुवै टोली आमनेसामने हुनेछन्। भुटानी टोली नेपालमा पहिलोपटक महिला फुटबल प्रतियोगितामा सहभागी हुँदैछ भने चर्च ब्वाइज युनाइटेड मध्यम लयमा देखिएको छ। गत वर्ष कात्तिकमा झापाको दुधेमा भएको महिला गोल्डकपमा उसले नेपाल पुलिस क्लब सँग ८–० को हार व्यहोरेको थियो।

विज्ञापन

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, आरएस पोखरा फुटबल क्लब, नेपाल पुलिस क्लब, आयोजक चन्द्रगढी युवा क्लब, भारतको रानी लक्ष्मीबाई स्पोर्ट्स एकेडेमी, एपिएफ क्लब, संकटा फुटबल क्लब तथा ओखलढुंगाको पदमा स्पोर्टस् क्लब लगायत गरी कुल १० टोलीको सहभागिता रहेको छ।

विज्ञापन

प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी हात पार्नेछ। आयोजक चन्द्रगढी युवा क्लब का अध्यक्ष रोहित सुब्बा का अनुसार यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ प्रदान गरिनेछ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरिने सचिवालय प्रमुख हिमाल खरेल ले जानकारी दिए।

प्रतियोगिताको फाइनल खेल बैशाख १४ गते हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय