|
9,000 SHARES |
काठमाडौं । सरकारले राजनीतिक कोटामा नियुक्त ६ जना नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
परराष्ट्र मन्त्रालय ले सोमबार सम्बन्धित राजदूतावासहरूलाई पत्र पठाउँदै फिर्ता बोलाउने निर्णयबारे जानकारी गराएको छ। मन्त्रालयका अनुसार ती राजदूतहरूलाई एक महिनाभित्र नेपाल फर्किन निर्देशन दिइएको छ।
फिर्ता बोलाइएका राजदूतहरूमा डाक्टर शंकरप्रसाद शर्मा (भारत), चित्रलेखा यादव (अस्ट्रेलिया), डाक्टर पूर्णबहादुर नेपाली (श्रीलंका), डाक्टर शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया), सुम्निमा तुलाधर (डेनमार्क) र कपिल श्रेष्ठ (दक्षिण अफ्रिका) रहेका छन्।
उनीहरूलाई केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरेको थियो।
यसअघि पनि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले एकैपटक ११ देशमा कार्यरत राजदूतहरूलाई फिर्ता बोलाएको थियो। उक्त निर्णय पनि राजनीतिक नियुक्तिको पुनरावलोकनका रूपमा हेरिएको थियो।
सरकार परिवर्तनसँगै कूटनीतिक नियुक्तिमा हेरफेर गर्ने अभ्यासअनुसार नै यो निर्णय गरिएको बुझिएको छ।










