अर्जुनधारामा साहित्यकार धराबासीलाई नगद १ लाखसहित दीर्घ साहित्य सेवा सम्मान



9,000 SHARES

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले प्रख्यात साहित्यकार कृष्ण धराबासी लाई दीर्घ साहित्य सेवा सम्मान प्रदान गरेको छ ।

नगरपालिकाको भाषा, कला, साहित्य तथा संस्कृति प्रवर्द्धन समितिको आयोजनामा शुक्रबार सभाहलमा सम्पन्न ‘साहित्य विमर्श तथा दीर्घ साहित्य सेवा सम्मान समारोह’मा धराबासीलाई नगद रु एक लाख एक हजारसहित सम्मान गरिएको हो ।

विज्ञापन

कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार प्रकाश बुढाथोकी, नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ र उपप्रमुख खड्गमाया पराजुली लगायतले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।

विज्ञापन

नगरप्रमुख गोम्देनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख पराजुलीले कार्यक्रमको उद्देश्य र औचित्यबारे प्रकाश पार्नुभएको थियो । समितिकी संयोजक कञ्चना काफ्ले ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन सौजन कटुवालले गर्नुभएको थियो ।

सोही अवसरमा आयोजित साहित्य विमर्श कार्यक्रममा चन्द्र भण्डारी, सीमा आवासदिपेन्द्र आचार्य ले प्रमुख वक्ताका रूपमा आफ्ना धारणा राख्नुभएको थियो । विमर्शको सहजीकरण पत्रकार सन्तोष आचार्य ले गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न साहित्यकारहरूले कविता, गीत र गजल प्रस्तुत गर्दै साहित्यिक वातावरणलाई समृद्ध बनाएका थिए ।

यसअघि अर्जुनधारा नगरपालिकाले प्रदान गर्दै आएको दीर्घ सेवा सम्मानबाट सरोजकुमार ओली, बिष्णुकुमार भट्टराई, कालीबहादुर थापा, हस्त परियार र कृष्ण बराल सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय