|
9,000 SHARES |
काठमाडौं । गगन थापा लाई सभापति मानेर अघि नबढ्ने निर्णय नेपाली कांग्रेस भित्रको खड्का–कोइराला पक्षले गरेको छ। उक्त पक्षले सर्वोच्च अदालत को अन्तिम फैसला नआउन्जेलसम्म थापालाई सभापति नमान्ने अडान लिएको हो।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का को अध्यक्षतामा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको बैठक बसेको थियो। बैठकले विशेष महाधिवेशनबाट चयन गरिएको नेतृत्वलाई चुनौती दिँदै यस्तो निष्कर्ष निकालेको बताइएको छ।
बैठकमा शीर्ष नेतासहित करिब ८३ जना केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो। छलफलका क्रममा बोल्ने १५ जना सदस्यहरूले विशेष महाधिवेशनमार्फत गगन थापा ले आफूलाई सभापति घोषणा गरेको कार्यलाई ‘नाटक मञ्चन’को संज्ञा दिएका थिए।
कांग्रेस नेता मानबहादुर नेपाली का अनुसार सर्वोच्च अदालतको निर्णय नआउन्जेल पार्टीभित्रको विवाद स्थगित गर्ने सहमति भए पनि गगन पक्ष संवेदनशील नभएको आरोप लगाइएको छ।










