|
9,000 SHARES |
काठमाडौं । महेश बस्नेत विरुद्ध पक्राउ पुर्जी जारी गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिन अस्वीकार गरेको छ।
एक महिलाले ‘भ्रूण हत्या, बलात्कार र चोरी डाँका’ सम्बन्धी आरोप लगाउँदै प्रहरीमा जाहेरी दिन खोजे पनि दर्ता नभएपछि हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा उजुरी पठाइएको थियो। तर, उक्त जाहेरीका आधारमा सरकारी वकिलले मुद्दा नचल्ने निर्णय गरिसकेको थियो।
यस निर्णयविरुद्ध परेको रिट निवेदन उच्च अदालत पाटन बाट समेत खारेज भइसकेको छ।
पछि ती महिलाले पूरक जाहेरीमा समेत कारबाही अघि नबढेको भन्दै पुनः अर्को रिट दायर गरेकी छन्, जुन हाल उच्च अदालत पाटन मा विचाराधीन छ।
माथिल्लो अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा जिल्ला अदालतबाट थप आदेश जारी गर्न नमिल्ने भन्दै पक्राउ पुर्जी जारी नगर्ने निर्णय गरिएको हो। अब उक्त रिटको अन्तिम टुङ्गो लागेपछि मात्र जिल्ला अदालतबाट यस विषयमा थप प्रक्रिया अघि बढ्नेछ।










