पक्राउपछि ओली–“यो राजनीतिक प्रतिशोध हो, कानुनी लडाइँ लड्छु”



9,000 SHARES

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनलाई शनिवार बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिई काठमाडौँ प्रहरी परिसरमा राखिएको छ।

विज्ञापन

गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा १९ जनाको ज्यान गएको घटनामा संलग्नताको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विज्ञापन

पक्राउपछि प्रहरी परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले उक्त कदमलाई “राजनीतिक प्रतिशोध” भएको बताएका छन्। उनले कानुनी प्रक्रियाबाटै यसको प्रतिवाद गर्ने स्पष्ट पार्दै वकिलहरूसँग परामर्श गरिरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय