झापामा ‘बर्ड फ्लु’ प्रकोपः पक्षीजन्य वस्तु ओसार–पसारमा रोक



9,000 SHARES

झापा । जिल्लाका विभिन्न स्थानीय तहमा व्यावसायिक रूपमा पालिएका कुखुरामा ‘बर्ड फ्लु’ पुष्टि भएपछि प्रशासनले उच्च सतर्कता अपनाएको छ। दमक नगरपालिकाझापा गाउँपालिका क्षेत्रमा संक्रमण देखिएसँगै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै नियन्त्रणका उपाय कडाइका साथ लागू गरेको हो।

प्रशासनले संक्रमित क्षेत्रलाई केन्द्रबिन्दु मानी चारैतर्फ ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरी नियन्त्रण अभियान तीव्र बनाएको जनाएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईंद्वारा जारी सूचनाअनुसार संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा, दाना तथा अन्य पक्षीजन्य सामग्रीको ओसार–पसारमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

विज्ञापन

भेटेरिनरी अस्पताल झापाकी प्रमुख शीतल भट्टराईका अनुसार दमक नगरपालिका–१० स्थित एक एग्रिकल्चर फार्ममा पालिएका लेयर्स कुखुरामा ‘हाइप्याथोजेनिक’ बर्ड फ्लु पुष्टि भएको छ। संक्रमण देखिएलगत्तै उक्त फार्मका सबै कुखुरा सोमबार नै नष्ट गरिएको उहाँले जानकारी दिनुभयो।

विज्ञापन

यसैबीच मेचीनगर नगरपालिकाअर्जुनधारा नगरपालिका लगायतका क्षेत्रमा पनि कुखुरा मरेको सूचना प्राप्त भएपछि जोखिम बढेको अनुमान गरिएको छ। किसानबाट संकलित नमूनामा गरिएको प्रारम्भिक ‘र्‍यापिड टेस्ट’ मा पोजेटिभ देखिएपछि थप पुष्टि गर्न केन्द्रीय प्रयोगशालामा पठाई पीसीआर परीक्षण प्रक्रिया अघि बढाइएको छ।

झापासँगै मोरङ जिल्लासुनसरी जिल्ला मा समेत रोग फैलिएको पुष्टि भइसकेकाले झापा उच्च जोखिममा रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय